अन्नपूर्णको विपद् प्रभावित राहत कोषमा तमुधिँको तीन लाख सहयोग
ratopati.com · Sun Aug 23 14:41:38 GMT 2026

कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिकाले विपद् प्रभावितको राहत र पुनःस्थापनाका लागि सञ्चालनमा ल्याएको विपद् व्यवस्थापन कोषमा तमुधिँ नेपालले रु तीन लाख सहयोग गरेको छ ।
पोखरामा आइतबार आयोजित कार्यक्रममा तमुधिँका अध्यक्ष होमबहादुर गुरुङले सामाजिक उत्तरदायित्वअन्तर्गत सो रकमको चेक गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर केसीलाई हस्तान्तरण गरे। अध्यक्ष गुरुङले विपत्मा परेका नागरिकको सहयोग र क्षतिग्रस्त भौतिक संरचनाको पुनःनिर्माणका लागि सानो भए पनि सहयोग गरिएको बताए।
Read full story at source (ratopati.com)