रेड नोटिसमा रहेका बलात्कार आरोपी ओमानबाट पक्राउ, नेपाल ल्याइयो
nepallive.com · Sun Aug 23 14:44:24 GMT 2026

काठमाडौं – जबरजस्ती करणी तथा विद्युतीय कारोबार ऐनअन्तर्गतको कसुरमा फरार रहेका झापाका एक प्रतिवादीलाई इन्टरपोलको रेड नोटिसका आधारमा ओमानबाट पक्राउ गरी नेपाल ल्याइएको छ ।
पक्राउ पर्नेमा झापा बिर्तामोड नगरपालिका–३ का बिमल राजवंशी रहेका छन् । उनीविरुद्ध अन्तर्राष्ट्रियस्तरमा खोजतलास तथा पक्राउ गर्न नेपाल प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभागअन्तर्गतको इन्टरपोल शाखाको अनुरोधमा इन्टरपोल महासचिवालयले २०२६ मे १३ मा रेड नोटिस जारी गरेको थियो ।
Read full story at source (nepallive.com)