चांगन डिपल नेभो क्यू०५ नेपाली बजारमा, मूल्य ४६ लाख ९९ हजारदेखि
ratopati.com · Sun Aug 23 14:54:43 GMT 2026

काठमाडौँ । चांगनको नयाँ विद्युतीय एसयूभी डिपल नेभो क्यू०५ नेपाली बजारमा सार्वजनिक भएको छ । एमएडब्लु वृद्धिले नेपाली बजारमा ल्याएको उक्त विद्युतीय एसयूभीको मूल्य भेरियन्टअनुसार ४६ लाख ९९ हजार रुपैयाँ र ४९ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।
डिपल नेभो क्यू०५ मा ५१.९ किलोवाट घण्टा क्षमताको ब्याट्री जडान गरिएको छ। कम्पनीका अनुसार यसले एकपटकको पूर्ण चार्जमा ४६२ किलोमिटरसम्म यात्रा गर्न सक्छ । गाडीमा १२० किलोवाट क्षमताको विद्युतीय मोटर दिइएको छ भने १६२ किलोवाट क्षमताको डीसी फास्ट चार्जिङ सुविधा उपलब्ध छ।
Read full story at source (ratopati.com)