राप्रपाका तीन प्रदेश सांसदलाई स्पष्टीकरणकाे समय थपियाे
ratopati.com · Sun Aug 23 15:06:55 GMT 2026

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पार्टीको निर्णय र निर्देशनबिना बागमती प्रदेश सरकारमा सहभागी भएका तीन प्रदेश सभा सदस्यलाई स्पष्टीकरण पेस गर्न थप १२ घण्टाको समय दिएको छ ।
राप्रपाको केन्द्रीय अनुशासन समितिले प्रदेश सभा सदस्यहरू राजु विष्ट, राजेन्द्र प्रजापति र गिरबहादुर तामाङलाई पूर्ण सफाइको मौका दिँदै थप १२ घण्टाभित्र स्पष्टीकरण पेस गर्न समय दिएको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।
Read full story at source (ratopati.com)