एड्भोयको ‘अब्रोड स्टडी एक्स्पो’ भोलिदेखि
makalukhabar.com · Mon Sep 19 16:48:54 GMT 2022
काठमाडौं । मंगलबार एड्भोयको अब्रोड स्टडी एक्स्पो सञ्चालन हुने भएको छ । एड्भोयको बुद्धनगरस्थित कार्यालयमा पत्रकार सम्मेलन गरी उक्त एक्स्पोबारे जानकारी दिइएको हो । हात्तीसारस्थित अरन्या बुटिक होटलमा सञ्चालन हुने एक्स्पो विशेषगरी युके र क्यानडा केन्द्रित हुने बताइएको छ । यस्तै उक्त एक्स्पोमा विभिन्न वैदेशिक शैक्षिक गन्तव्यहरूबाट आएका प्रतिष्ठित विश्वविद्यालयका प्रतिनिधिहरूले नेपाली विद्यार्थीहरूका जिज्ञासा समाधान गर्नेछन् ।
पछिल्लो समय युके र क्यानडा विदेश अध्ययन गर्न जाने अत्यधिक नेपाली विद्यार्थीहरूको रोजाइको गन्तव्य भएकाले एक्स्पो आयोजना गरिएको कन्सल्टेन्सीले जनाएको छ ।
Read full story at source (makalukhabar.com)