राष्ट्रिय कविता प्रतियोगिताः जुम्लाका मञ्जिल प्रथम
barnanmedia.com · Sun Aug 23 15:18:06 GMT 2026

मकवानपुरको भीमफेदी गाउँपालिकाले साहित्यकार तुल्सी थापाको स्मृतिमा आयोजना गरेको राष्ट्रिय कविता प्रतियोगितामा गुठचौर गाउँपालिका-४, जुम्लाका हेमप्रकाश मञ्जिल प्रथम हुनुभएको छ । ‘छुटेपछि देश’ शीर्षकको कविता प्रथम भएको हो ।
मकवानपुरको भीमफेदी-१ मा आज आयोजित कविता प्रतियोगितामा प्रथम हुँदै कवि मञ्जिलले नगद रु ५० हजार प्राप्त गर्नुभयो । प्रतियोगितामा लालबन्दी नगरपालिका-४, सर्लाहीका सुमन घिमिरेको ‘म देश कसरी बनाउँ ?’ शीर्षकको कविता द्वितीय भई रु ३० हजार, अर्जुनधारा नगरपालिका-५, झापाका योगराज पौडेलको ‘मातृगाथा’ कविता तृतीय भई रु २० हजार प्राप्त गर्नुभयो । प्रतियोगितामा काठमाडौँका चेतना शर्माको ‘रातो क्यानभास’ कविता र भीमदत्त नगरपालिका-१८, कञ्चनपुरका धीरज नाथको ‘बगैँचा’ कवितालाई प्रोत्साहन स्वरुप रु १०-१० हजार प्रदान गरिएको छ ।
Read full story at source (barnanmedia.com)