ट्याक्टरले च्यापिएर चालकको मृत्यु
ratopati.com · Sun Aug 23 15:33:43 GMT 2026

गोरखा। गोरखामा बारी जोत्ने ट्याक्टरले चेपेर चालकको मृत्यु भएको छ। सिरानचोक गाउँपालिका–४ माझगाउँवेशीमा ग १ त ७५४८ नम्बरको ट्याक्टरले चेपेर आज चालक चितवनका ४५ वर्षीय मोहनबहादुर बोहराको मृत्यु भएको हो।
दुर्घटनामा घाइते भएका बोहोराको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले बताए। स्थानीय हरि पोखरेलको बारी जोतेर निस्कदा आफैँले चलाएको ट्याक्टरले च्यापिएर उनी गम्भीर घाइते भएका थिए।
Read full story at source (ratopati.com)