ट्याक्टरले च्यापिएर चालकको मृत्यु
lokaantar.com

गोरखामा बारी जोत्ने ट्याक्टरले चेपेर चालकको मृत्यु भएको छ । सिरानचोक गाउँपालिका–४ माझगाउँवेशीमा ग १ त ७५४८ नम्बरको ट्याक्टरले चेपेर आज चालक चितवनका ४५ वर्षीय मोहनबहादुर बोहराको मृत्यु भएको हो ।
दुर्घटनामा घाइते भएका बोहोराको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले बताए । स्थानीय हरि पोखरेलको बारी जोतेर निस्कदा आफैँले चलाएको ट्याक्टरले च्यापिएर उनी गम्भीर घाइते भएका थिए ।
Read full story at source (lokaantar.com)