युद्धबिच इरानले ‘धेरै समस्या’ भोगिरहेको राष्ट्रपति पेजेस्कियानद्वारा स्वीकार
barnanmedia.com · Sun Aug 23 15:39:11 GMT 2026

युद्धबिच इरानी नागरिक अहिले ‘धेरै समस्या’ सँग जुधिरहेका इरानी राष्ट्रपति मसूद पेजेस्कियानले आइतबार स्वीकार गर्नुभएको छ । अमेरिकाले नयाँ प्रतिबन्धको श्रृङ्खला ल्याएर इरानको अर्थतन्त्रलाई थप सङ्कटग्रस्त बनाउन खोजेपछि उहाँको यो भनाइ सार्वजसनक भएको हो ।
“म बुझ्छु कि अहिले समाजमा धेरै समस्या छन् । हामी सकेसम्म यी समस्या रोक्न प्रयास गरिरहेका छौँ,” पेजस्कियानले राष्ट्रिय टेलिभिजनमा प्रसारित एक भिडियो सम्बोधनमा भन्नुभयो । उहाँको यो टिप्पणी अमेरिकाले गत हप्ता इरानी शासनलाई ‘पतन’ तर्फ धकेल्ने लक्ष्यसहित नयाँ प्रतिबन्ध अभियान घोषणा गरेपछि आएको हो । दुई देशबिच युद्ध सुरु भएको करिब छ महिना बितिसकेको छ ।
Read full story at source (barnanmedia.com)