ढुक्कु हुनुस् सरकारले लालपुर्जा दिन्छः मन्त्री रावल
nepalviews.com · Sun Aug 23 15:55:39 GMT 2026

कञ्चनपुर । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले भूमिहीन सुकुमवासीलाई लालपुर्जा पाउनेमा ढुक्क भएर बस्न आग्रह गरेकी छन् । कञ्चनपुरको कृष्णपुर नगरपालिकामा आज भूमिहीन सुकुमवासीसँगको भेटमा मन्त्री रावलले सरकारले लालपुर्जा दिने कुरामा ढुक्क भएर बस्न आग्रह गरेकी हुन् । “तपाईहरुलाई लालपुर्जा दिने बाटो खुलिसकेको छ, कानुनमा सुधार भइसकेको छ”, मन्त्री रावलले भनिन्, “यसमा जिल्ला भूमि समितिले छिटोभन्दा छिटो काम सुरु गरेर तपाईंहरुलाई लालपुर्जा दिन्छ ।”
उनले देशैभर भएको समस्या समाधानका लागि कानुनमा धेरै सुधार गर्नुपर्ने रहेको बताईन् । अहिलेको कानुनले सुकुमवासीको समस्या समाधानमा समस्या देखिएकाले कानुन संशोधन गरेर मुलुकभरका सुकुमवासीको समस्या समाधान गरिने मन्त्री रावलको भनाइ थियो । “देशैभरका सुकुमवासीको समस्या समाधानका लागि ऐनमा धेरै संशोधन गर्नुपर्ने छ, अहिलेको कानुनमा केही बाधा अडचन छन्”, उनले भनिन्, “सुकुमवासीको समस्या समाधान गर्न सरकार तत्पर छ कानुनमा देखिएका समस्या सुधार गर्छौं ।”
Read full story at source (nepalviews.com)