भदौरे वर्षातले धानबालीलाई राहत
khabarhub.com · Sun Aug 23 16:04:35 GMT 2026

महोत्तरी – भदौरे वर्षातले महोत्तरीमा धानबालीलाई राहत मिलेको छ । भदौ लागेयता दिनहुँजसो पानी पर्दै आएपछि धानबालीलाई राहत मिलेको किसान बताउँछन् ।
यसपालि रोपाइँका बेला राम्ररी पानी नपर्दा धानको गबो ९रोपो० गाँजिन नपाएका बेला भदौ लागेयता भने दिनहुँको वर्षाले राहत मिलेको छ । “घरमा भएको अन्नपात सबै लगाएर दुःखले धान रोपियो, तर साउनभरि राम्ररी पानी नपरी बित्दा बाली सप्रने आस मरेको थियो” भङ्गाहा–४ रामनगरका ५० वर्षीय किसान शुभनारायण ठाकुर भने, “भदौ लागेयता भने दिनहुँ पानी पर्दै आएपछि रोपो फेरिएर हलक्क बढेको छ ।” अबका एक महिना अनुकूल वर्षा भइरहे धान घर भित्रिने आस पलाएको ठाकुरको भनाइ छ ।
Read full story at source (khabarhub.com)