मुख्यमन्त्रीको विश्वासको मतमा विपक्षमा मतदान गर्न राप्रपाको ह्विप
lokaantar.com

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले भदौ ८ गते बागमती प्रदेशका मुख्यमन्त्रीले लिने विश्वासको मतको विपक्षमा मतदान गर्न आफ्ना प्रदेशसभा सदस्यलाई ह्विप जारी गरेको छ ।
राप्रपाका प्रवक्ता मोहन श्रेष्ठका अनुसार मुख्यमन्त्रीको विश्वासको मतमा पार्टीका सांसदलाई विपक्षमा मतदान गर्न निर्देशन दिइएको हो । तटस्थ बस्ने वा बैठकमा अनुपस्थित रहने विकल्पसमेत नरहेको उनले बताए ।
Read full story at source (lokaantar.com)