प्रधानमन्त्री शाह तीन दिनदेखि गण्डकीमा
ratopati.com · Sun Aug 23 17:01:08 GMT 2026

पोखरा । प्रधानमन्त्री वालेन्द्र शाह निजी भ्रमणका सिलसिलामा तीन दिनदेखि गण्डकी प्रदेशमा रहेका छन् । शुक्रबार पोखरा आएका प्रधानमन्त्री शाह शनिबार मुस्ताङ पुगेका थिए ।
आज मुस्ताङबाट फर्किएका उनी पोखरामै बास बसेका कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए । “प्रधानमन्त्रीको नितान्त पारिवारिक भ्रमण भएकाले हामीलाई पनि धेरै जानकारी छैन”, उनले भने, “आज उहाँ पोखरामै रहनुभएको छ, भोलि (सोमबार) काठमाडौँ फर्कनुहुन्छ ।”
Read full story at source (ratopati.com)