किस्पाङ बहु प्राविधिक शिक्षालयमा विद्यार्थीको आकर्षण
ratopati.com · Sun Aug 23 20:14:47 GMT 2026

नुवाकोट । नुवाकोटको किस्पाङ गाउँपालिकाद्वारा सञ्चालित किस्पाङ बहु प्राविधिक शिक्षालयमा सातै प्रदेशका विभिन्न जिल्लाका विद्यार्थीको आकर्षण बढ्दै गएको छ । शैक्षिक सत्र २०८३/८४ का लागि ‘डिप्लोमा इन फार्मेसी’ र सामान्य चिकित्सातर्फ ४०र४० स्थान ९कोटा० पूर्ण भएको छ । ती कोटाका लागि जम्मा ९८ जनाको आवेदन परेको शिक्षालयले जनाएको छ ।
गत तीन वर्षयता गाउँपालिकाद्वारा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)बाट सम्बन्धन लिएर सञ्चालित विद्यालयमा हालसम्मका सबै सत्रमा पूर्ण कोटामा विद्यार्थी अध्ययनरत रहेको शिक्षालयका प्रमुख विनोद न्यौपानेले जानकारी दिए । सातै प्रदेश र ३६ जिल्लाका विद्यार्थी अध्ययन गर्ने हिसाबले पनि यो शिक्षालय सम्भवतः मुलुककै पहिलो शिक्षालय बनेको उनको भनाइ छ । गृह जिल्ला नुवाकोटका ७८ र अन्य जिल्लाका १६४ विद्यार्थी छन् ।
Read full story at source (ratopati.com)