पोषणका कार्यक्रम निरन्तर
gorkhapatraonline.com · Wed Sep 02 03:38:32 GMT 2026

कर्णाली प्रदेश सरकारले बजेटसहित नीति तथा कार्यक्रममा समेटेर पोषणका कार्यक्रमलाई निरन्तरता दिएको छ । बालबालिका, किशोरकिशोरी तथा सुत्केरीको पोषण अवस्थालाई सुधार गर्न सुत्केरी पोषण कोसेली कार्यक्रम र पुरक पोसिलो खाना कार्यक्रम कार्यान्वयन गरिने सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
यस वर्ष कार्यक्रम कार्यान्वयनका लागि छ करोड ५९ लाख बजेट विनियोजन गरिएको मन्त्रालयका प्रवक्ता एवं वरिष्ठ जनस्वास्थ्य प्रशासक वृषबहादुर शाहीले बताउनुभयो । उहाँका अनुसार विगतका वर्षभन्दा यो बजेट न्यून हो । युएसएआइडीको सहयोग रहेका स्वास्थ्यका कार्यक्रम अघिल्लो वर्षबाट ठप्प छन् ।
Read full story at source (gorkhapatraonline.com)