नेपालले अब संसार कता दौडिरहेको छ भन्ने बुझ्नैपर्छ
baahrakhari.com · Wed Sep 02 03:40:18 GMT 2026

नेपालले दशकौँदेखि आफ्ना नदीहरूलाई मूलतः ‘कति मेगावाट विद्युत् उत्पादन गर्न सकिन्छ? ’ भन्ने दृष्टिकोणले मात्र हेर्दै आएको छ । अब त्यो सङ्कुचित सोच बदल्ने समय आएको देखिन्छ । देशको भविष्यलाई जलविद्युत्को जडित क्षमता, प्रसारण लाइनको लम्बाइ वा अनुमतिपत्रको सङ्ख्याका आधारमा मात्र मापन गर्न सकिँदैन । नदी, हिमनदी, हिमताल, सूर्य, वन, पहाड र अद्वितीय भौगोलिक अवस्थालाई नेपालले एउटै अन्तरसम्बन्धित राष्ट्रिय सम्पत्तिका रूपमा बुझ्नुपर्छ ।
नवीकरणीय ऊर्जा बिजुली उत्पादनको माध्यममात्र नभएर उत्पादन, भण्डारण र व्यापारमार्फत राष्ट्रिय अर्थतन्त्रलाई रूपान्तरण गर्ने रणनीतिक आधार हो । त्यसैले ऊर्जासम्बन्धी राष्ट्रिय बहस अब आयोजनाको सङ्ख्यात्मक गणनाबाट माथि उठेर नवीकरणीय ऊर्जा, वातावरणीय सुरक्षा, क्षेत्रीय व्यापार र राष्ट्रिय स्वाभिमानसँग जोडिनुपर्छ ।
Read full story at source (baahrakhari.com)