कालो सिसा राख्ने २१८ गाडी ट्राफिक कारबाहीमा, साढे ७ हजारदेखि १५ हजारसम्म जरिवाना !
techpana.com · Wed Jul 01 14:08:39 GMT 2026

काठमाडौं । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले सवारी साधनमा नियमविपरीत राखिएका कालो सिसा (टिन्टेड ग्लास) हटाउने अभियानलाई तीव्रता दिएको छ । अभियान सुरु भएयता हालसम्म उपत्यकाका विभिन्न स्थानमा नियमविपरीत कालो सिसा प्रयोग गर्ने २१८ वटा सवारी साधन कारबाहीमा परेका छन् ।