जलवायु संकटको भयावह यथार्थ: गुटेरेसको चेतावनीदेखि भोटेकोशीको विनाशसम्म
nepalviews.com · Wed Sep 02 03:43:20 GMT 2026

काठमाडौं । नेपालका हिमाली भेगमा तीव्र रूपमा बढिरहेको तापक्रम र पग्लिँदै गएका हिमनदीका कारण देश जलवायु संकटको गम्भीर मोडमा पुगेको छ। संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले सन् २०२३ अक्टोबरमा खुम्बु क्षेत्रको भ्रमणका क्रममा दिएको ‘यो पागलपन रोक्नुपर्छ’ भन्ने चेतावनी अहिले थामे र भोटेकोशीमा आएको विनाशकारी बाढीसँगै डरलाग्दो यथार्थमा परिणत भएको छ। भ्रमणका क्रममा हिमालमा रेकर्ड स्तरमा हिउँ पग्लिरहेको र यसले तल्लो तटीय समुदायमा ठूलो विनाश ल्याएको उल्लेख गर्दै गुटेरेसले यस मुद्दालाई कोप–२८ सम्म पुर्याएका थिए।
महासचिवको भ्रमणको ठ्याक्कै एक वर्षपछि सन् २०२४ अगस्ट १६ मा खुम्बुको थामेमा दुई साना हिमताल विष्फोट भई आएको बाढीले २० घर, विद्यालय र स्वास्थ्य चौकी क्षतिग्रस्त बनाउँदा १३५ जना विस्थापित भए। यो विपत्तिको शृंखला त्यतिमै रोकिएन। सन् २०२६ अगस्टमा रसुवाको लेन्दे खोलामा भएको अर्को हिमताल विष्फोटका कारण भोटेकोशी र त्रिशूली नदी प्रणालीमा हालसम्मकै भीषण बाढी आयो। यस घटनामा एक हजारभन्दा बढीको मृत्यु भएको पुष्टि भइसकेको छ भने चार हजार ६ सयभन्दा बढी मानिस अझै बेपत्ता छन्। बाढीको वेगले बगाएका शवहरू मूल क्षेत्रबाट सयौं किलोमिटर टाढा चितवन, नवलपरासी र धादिङसम्म फेला परेका छन्।
Read full story at source (nepalviews.com)