इरानमा वैवाहिक समारोहमा अमेरिकी बमबारी, पाँचजनाको मृत्यु
barnanmedia.com · Wed Sep 02 03:38:02 GMT 2026

काठमाडौं । इरानले देशको दक्षिणी जिल्ला सिरिकको कुहेस्तक सहरमा अमेरिकी वायुसेनाले वैवाहिक समारोह भइरहेको एउटा घरमा बमबारी गरेको आरोप लगाएको छ । इरानी परराष्ट्र मन्त्रालयका प्रवक्ता इस्माएल बाघेईले यसलाई बर्बर आक्रमणको संज्ञा दिँदै एक बालकसहित कम्तीमा पाँचजनाको मृत्यु भएको जनाएका छन् ।
सिरीकका गभर्नर राजा शाहिदियानका अनुसार बुधबार बिहान भएको आक्रमणमा ६३ जना घाइते भएका छन्, जसमा ५० जनाभन्दा बढी महिला र बालबालिका छन् । घाइतेहरूलाई नजिकैको मिनाब सहरको अस्पतालमा भर्ना गरिएको छ । फार्स समाचार संस्थासँग कुरा गर्दै आक्रमणबाट जोगिएका एक बालकले लडाकु विमानको आवाज सुनेलगत्तै भीषण विस्फोट भएको थियो ।
Read full story at source (barnanmedia.com)