सत्ताको चौघेरामा जागरणका अक्षर
gorkhapatraonline.com · Mon Aug 24 00:40:31 GMT 2026

राणा प्रधानमन्त्री देवशमशेरको शासनकालमा गोरखापत्रको प्रकाशन सुरु भए पनि यसको विकासमा जयपृथ्वीबहादुर सिंहको योगदानलाई विशेष महìवका साथ स्मरण गरिन्छ । देवशमशेरले सरकारका नीति, नियम र आदेशहरू जनतासमक्ष पु-याउन गोरखापत्रको स्थापना गर्नुभयो तर समाज सुधारक छविका सिंहले गोरखापत्रलाई नीति, नियम र आदेश प्रकाशन गर्ने माध्यममा मात्र सीमित नराखी जनतालाई सुसूचित र शिक्षित बनाउने माध्यमका रूपमा अघि बढाउनुभयो ।
वरिष्ठ पत्रकार राजेन्द्र दाहालका अनुसार राणासँगको पारिवारिक सम्बन्ध र विशेषाधिकारलाई नेपाली जनताको हितमा उपयोग गरेकै कारण जयपृथ्वीबहादुर सिंहको गोरखापत्रसँगको योगदान विशेष रूपमा स्मरणीय छ । नेपालमा गोरखापत्रको प्रकाशन सुरु हुनुअघि नै भारतमा आधुनिक पत्रकारिताको विकास भइसकेको थियो । बेलायतको प्रभावले भारतमा ‘बङ्गाल ग्याजेट’ को सन् १७८० मै प्रकाशन सुरु भयो । सन् १८३८ मा ‘बम्बई टाइम्स’ लगायत पत्रपत्रिका प्रकाशनमा आए ।
Read full story at source (gorkhapatraonline.com)