कस्तो रहला आजको मौसम ?
nepalviews.com · Mon Aug 24 01:00:48 GMT 2026

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव कायम रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको हुनाले मौसममा बदली देखिएको छ।
यतिबेला देशभर साधारणतया बदली रहेको छ भने बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मध्यम वर्षा भइरहेको छ। यसबाहेक कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थान तथा मधेस प्रदेशका एक–दुई स्थानमा समेत वर्षा जारी रहेको महाशाखाले जनाएको छ।
Read full story at source (nepalviews.com)