मिथिलाको ऐतिहासिक गेरुका मेला आजदेखि प्रारम्भ
kalakarmi.com · Sun May 17 08:30:47 GMT 2026

जनकपुर- प्रत्येक ३ वर्षमा मलेमास (पुरुषोत्तम मास) मा लाग्ने मेला आजबाट प्रारम्भ भएको छ । महोत्तरीको लोहारपट्टी नगरपालिका खुट्टा पिपरारी स्थित धनुषा र महोत्तरीको सिमामा रहेको रामायणकालिन ईतिहास बोकेको गेरुका नदिमा आजदेखि १ महिने गेरुका स्नान (मेला) प्रारम्भ भएको छ ।
आइतवार बिहान जनकपुरधामको जानकी मन्दिरको अगुवाईमा राम र सीताको स्वरुपलाई गेरुका नदिमा लगेर पूजासमेत गरिएको छ । मिथिला महात्मेमा उल्लेख भएअनुसार माता सीता गेरुका नदिमा स्नान गर्ने गर्थिन । मलेमासका बेला यहाँ स्नान गर्नाले जानी नजानी गरिएका पापहरुबाट मुक्ति मिल्ने जनविश्वास रहेको छ ।
Read full story at source (kalakarmi.com)