जदौ: त्रिकोणात्मक प्रेम, अन्तरजातीय सम्बन्ध र अभिभावक पुस्ताबीचको द्वन्द्व
newsofnepal.com · Mon Aug 24 01:29:53 GMT 2026

त्रिकोणात्मक प्रेम, अन्तरजातीय सम्बन्ध र अभिभावक पुस्ताबीचको द्वन्द्वलाई एकसाथ प्रस्तुत गर्ने फिल्म जदौको टिजर सार्वजनिक गरिएको छ।
हाइटेक इन्टरटेन्मेन्टको युट्युब च्यानलबाट सार्वजनिक करिब एक मिनेटको टिजरले नयाँ पुस्ताको प्रेमकथासंगै नेपाली समाजमा अझै विद्यमान जातीय विभेद र त्यसबाट सिर्जित सामाजिक जटिलताको झलक दिएको छ। अन्जन शर्मा र काजी लिम्बुको संयुक्त निर्देशनमा बनेको फिल्म आगामी असोज ९ गते देशव्यापीरुपमा प्रदर्शनमा आउनेछ। टिजरमा अभिनेता प्रभातपाल ठकुरी अभिनेत्री नीति शाह र राजश्री थापाबीचको प्रेम सम्बन्धमा प्रस्तुत गरिएको छ।
Read full story at source (newsofnepal.com)