जाजरकोटको बाढीपहिरो प्रभावित क्षेत्रमा प्रदेश सरकारले खटायो चिकित्सकको टोली
onlinekhabar.com · Mon Aug 24 01:32:26 GMT 2026

८ भदौ, जाजरकोट । बाढीपहिरो प्रभावित नागरिकको उपचारमा स्वास्थ्यकर्मी अभाव भएको गुनासो आएपछि कर्णाली प्रदेश सरकारले जाजरकोटको भेरी नगरपालिका–२ रिसाङमा चारजना चिकित्सक परिचालन गरेको छ।
प्रभावित नागरिकलाई घटनास्थलमै स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले चिकित्सकसहितको स्वास्थ्य टोली परिचालन गरिएको हो। स्वास्थ्य सेवा कार्यालयले प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मीको अभाव हुँदा उपचार तथा स्वास्थ्य सेवा प्रवाहमा समस्या भइरहेको जानकारी गराएपछि प्रदेश सरकारले चिकित्सक पठाएको हो।
Read full story at source (onlinekhabar.com)