इंग्लिस प्रिमियर लिग : म्यानचेस्टर सिटीको संघर्षपूर्ण जित
barnanmedia.com · Mon Aug 24 01:25:45 GMT 2026
काठमाडौं । इंग्लिस प्रिमियर लिग अन्तर्गत आइतबार राति भएको खेलको अन्तिम समयमा दुई गोल गरेपछि म्यानचेष्टर सिटीले विजयी सुरुवात गरेको छ। सिटीको घरेलु मैदान इत्तिहाद स्टेडियममा भएको खेलमा सिटीले वर्नमाउथमाथि २–१ को संघर्षपूर्ण जित निकालेको हो।
सिटीको जितमा मार्क गुएही र जोस्को ग्वार्डियोलले गोल गरे। वर्नमाउथका लागि मार्कुस टाभर्नियरले सुरुवाती गोल गरेका थिए। खेलको २६ औँ मिनेटमा मार्कुस टाभर्नियरको गोलमार्फत बर्नमाउथले सुरुवाती अग्रता बनाएको थियो। इभानिलसनले पेनाल्टी क्षेत्रभित्रबाट दिएको लो बललाई टाभर्नियरको सशक्त प्रहारबाट गोलमा परिणत भएको थियो।
Read full story at source (barnanmedia.com)