१५ औं महाधिवेशनको तयारीका लागि कांग्रेसको संस्थापन इतर समूहको बैठक आज बस्दै
ratopati.com · Wed Sep 02 03:58:00 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले १५ औं केन्द्रीय महाधिवेशनको तयारीका सन्दर्भमा छलफल गर्न आज (बुधबार) बैठक बोलाएको छ । पूर्वमहामन्त्री डा. शशांक कोइरालाको संयोजकत्वमा गठित ‘१५ औं केन्द्रीय महाधिवेशन तयारी समिति’को आयोजनामा यो बैठक बस्न लागेको हो ।
सचिवालय समन्वय समितिका संयोजक दीपकप्रसाद कुइकेलका अनुसार बैठक दिउँसो १ बजे चुनदेवीस्थित इतर समूहको सम्पर्क कार्यालयमा सुरु हुनेछ । बैठकका लागि मुख्य तीनवटा एजेन्डाहरू तय गरिएका छन् । १५ औं महाधिवेशनको तयारी, मुलुकको समसामयिक राजनीतिक परिस्थिति र विविध विषय बैठकका एजेण्डा छन् ।
Read full story at source (ratopati.com)