रसुवामा बेपत्ता नौ जनाको खोजी गर्न अत्याधुनिक उपकरणसहित नेपाल पुग्यो ४४ सदस्यीय कोरियाली टोली
nagariknews.nagariknetwork.com · Wed Sep 02 03:58:22 GMT 2026

एक साता अघि रसुवाको भोटेकोसीमा आएको भीषण बाढीपछि बेपत्ता भएका नौ दक्षिण कोरियाली नागरिकको खोजीलाई तीव्र बनाउन दक्षिण कोरियाले ४४ सदस्यीय विपद् राहत टोली नेपाल पठाएको छ।
टोली बुधबार बिहान काठमाडौं आइपुगेको हो। दक्षिण कोरियाको परराष्ट्र मन्त्रालयका अनुसार मन्त्रालय, कोरिया अन्तर्राष्ट्रिय सहयोग एजेन्सी (कोइका) र अग्नि नियन्त्रण अधिकारीसहितको कोरिया विपद् राहत टोली (केडीआरटी) वायु सेनाको केसी-३३० साइग्नस विमानबाट काठमाडौं आइपुगेको हो।
Read full story at source (nagariknews.nagariknetwork.com)