भोटेकोशी बाढी : आफन्त खोज्दै अस्पतालमा
gorkhapatraonline.com · Wed Sep 02 03:56:58 GMT 2026

गत बुधबार भोटेकोशी आएको बाढीमा परेर दाङका ५२ जना सम्पर्कविहीन रहेका जिल्ला प्रशासन कार्यालय दाङले जनाएको छ । सम्पर्कविहीन भएका व्यक्तिको खोजी गर्न आफन्तहरू अस्पताल धाउन थालेका छन् । अस्पतालमा पनि शव यकिन नभएपछि झन् पीडा भोग्नु परेको उहाँहरूले बताउनुभएको छ ।
विभिन्न रोजगारीका क्रममा रसुवा र नुवाकोटमा पुगेका ५२ जना अझै सम्पर्कमा नआएका दाङका सहायक प्रमुख जिल्ला अधिकारी सावित्रा पुनले जानकारी दिनुभयो । सम्पर्कविहीन हुनेमा अधिकांश व्यक्ति तुलसीपुर उपमहानगरपालिकाका छन् । प्रशासनका अनुसार तुलसीपुर उपमहानगरपालिकाका ३५ जना, राजपुर गाउँपालिकाका पाँच, लमही नगरपालिकाका तीन, राप्ती गाउँपालिकाका तीन, गढवाका दुई, घोराही उपमहानगरपालिकाका दुई, दङ्गीशरणका एक र बबई गाउँपालिकाका एक जना छन् ।
Read full story at source (gorkhapatraonline.com)