पूर्वराज्यमन्त्री यादवले छाडिन् नेपाली कम्युनिस्ट पार्टी
annapurnapost.com · Wed Sep 02 03:54:49 GMT 2026

कपिलवस्तु : लुम्बिनी प्रदेशकी पूर्वसांसद तथा पूर्वअर्थ राज्यमन्त्री सुषमा यादवले नेपाली कम्युनिस्ट पार्टीबाट राजीनामा दिएकी छन्। यादवले प्रदेश कमिटी सदस्य तथा मायादेवी गाउँपालिका इन्चार्जलगायत पार्टीका सम्पूर्ण जिम्मेवारी र साधारण सदस्यतासमेत राजीनामा दिएको जानकारी दिएकी छन्।
राजीनामा पत्रमा आफू २०७४ सालदेखि पार्टीमा आबद्ध रही पार्टीको नीति, विचार, सिद्धान्त र संगठन निर्माणमा निरन्तर योगदान गर्दै आएको उल्लेख गरेकी छन्। पछिल्लो समय पार्टीभित्र विकसित राजनीतिक परिस्थिति, कार्यशैली, निर्णय प्रक्रिया, संगठन सञ्चालन तथा कार्यकर्ताप्रतिको व्यवहारका केही पक्षप्रति असन्तुष्टि जनाउँदै यादवले पार्टी छाड्ने निर्णय गरेको उल्लेख गरेकी छन्।
Read full story at source (annapurnapost.com)