हरित अर्थतन्त्रको अपरिहार्यता
gorkhapatraonline.com · Mon Aug 24 02:15:00 GMT 2026

अप्रत्याशित प्राकृतिक विपत्का घटना दिनानुदिन बढिरहेका छन् । युरोपमा तापमान निरन्तर उचाइतिर गइरहेको छ । डढेलोको प्रकोपले यताका केही महिनादेखि धेरैको ज्यान लियो । केही दिनअघि जापानको ठुलो वर्षा र बाढीको प्रकोप धान्न कठिन भयो । भारतको उत्तरपूर्वी राज्य आसाममा ५० वर्षयताकै ठुलो वर्षा भयो । बाढी र डुबानले लाखौँ मानिस प्रभावित भए । नेपालमा पनि अप्रत्याशित प्राकृतिक प्रकोप बढिरहेकै छन् । इलाम बाढीपहिरोले ध्वस्त जस्तै भएको छ । रोल्पा, बाजुरालगायतका जिल्लामा धेरै मानिस अहिले पालमुनिकै बासमा छन् । पहिरोले घरबारविहीन बनाएको छ । गत वर्ष मधेश प्रदेशमा साउनभर बर्सात भएन । सुक्खाले धान रोपाइँसमेत प्रभावित भयो । यस्ता घटना नेपालसँगै विश्वव्यापी नै बढेका छन् ।
पछिल्ला वर्षमा विश्व कुनै पनि देश अप्रत्याशित प्राकृतिक प्रकोपबाट बाहिर छैनन् । जलवायुजन्य विपत्को शृङ्खला बाक्लै देखिन थालेको छ । पाँच वर्षअघि पाकिस्तानमा ठुलो बाढी आयो । लाखौँ घरबारविहीन भए । देशको एक तिहाइ भूभाग नै बाढीको चपेटामा प-यो । हालैको युरोपका डढेलो जस्तै केही वर्षअघि क्यानडा र अमेरिकाका कतिपय राज्य डढेलोबाट प्रभावित भए । बेमौसममा उच्च तापव्रmम र लामो सुक्खायाम देखियो । डढेलोले वायुप्रदूषणको मात्रा उच्च भयो । बेमौसममा अत्यधिक वर्षाका कारण दुई वर्षअघि स्पेनमा जलविनाश बढ्यो । ठुलो जनधनको क्षति भयो । लाखौँ मानिसलाई घरबारविहीन बनाउने प्राकृतिक प्रकोप बढिरहेका छन् । अतिवृष्टि, अनावृष्टि, बेमौसमी वर्षा, बाढीपहिरो, खडेरी, सुनामी, चक्रवात जस्ता विपत्ले लाखौँ मानिसलाई घरबारविहीन बनाएको छ । जलवायुजन्य विपत् बढिरहेका छन् र यसको मुख्य कारण मानिसले प्रकृतिप्रति गरेको अन्याय मूल कारण बन्दै गएको छ ।
Read full story at source (gorkhapatraonline.com)