व्यापार युद्धमा अमेरिकालाई जित्न खोज्नु मूर्खता: ट्रम्प प्रशासन
barnanmedia.com · Mon Aug 24 02:19:05 GMT 2026

काठमाडौं । ट्रम्प प्रशासनले क्यानाडालाई अमेरिकाविरुद्ध व्यापार युद्ध जित्न खोज्नु ‘मूर्खता’ हुने चेतावनी दिएको छ। व्यापार वार्ता असफल भएपछि करिब २० अर्ब डलरका क्यानाडेली वस्तुमा अमेरिकामा ५० प्रतिशत महसुल लागु भएको छ। यो संयुक्त राज्य अमेरिकामा क्यानाडाको निर्यातको ५.५ प्रतिशत हो।
क्यानाडाले सेप्टेम्बर ८ देखि जवाफी महसुल लगाउने घोषणा गरेको छ। अमेरिकाका वाणिज्य मन्त्रीले यसले क्यानाडालाई ‘विनाशकारी’ असर पार्ने बताएका छन्।
Read full story at source (barnanmedia.com)