दुई गोलले पछि परेको अवस्था उल्टाउँदै हारबाट जोगियो पिएसजी, डेब्युमै चम्किए फेरान टोरेस
nepalviews.com · Mon Aug 24 02:33:41 GMT 2026
काठमाडौं । स्पेनिस फरवार्ड फेरान टोरेसले सनसनीपूर्ण पुनरागमन गराएपछि फ्रान्सेली लिग १ को नयाँ सिजनको पहिलो खेलमा प्यारिस सेन्ट-जर्मेन (पिएसजी) सम्भावित हारबाट जोगिएको छ। दुई गोलले पछि परेको कठिन स्थिति उल्टाउँदै साविक विजेता पिएसजीले रेनेससँग २-२ गोलको रोमाञ्चक बराबरी खेलेको हो।
पहिलो हाफमा निकै निराशाजनक प्रदर्शन गरेको पिएसजी नवौँ मिनेटमै सेबास्टियन जिमान्स्कीको गोलबाट पछि परेको थियो। त्यसपछि मध्यान्तरअघि एस्टेबान लेपौलले रेनेसका लागि दोस्रो गोल गर्दै पिएसजीलाई स्तब्ध बनाएका थिए। घरेलु टोली रेनेसले दुई गोलको बलियो अग्रता बनाएपछि दबाबमा परेको पिएसजीका लागि प्रशिक्षक लुइस एनरिकले दोस्रो हाफमा रणनीति परिवर्तन गर्दै टोरेसलाई मैदान प्रवेश गराएका थिए।
Read full story at source (nepalviews.com)