स्याङ्जामा एक वर्षमा पूर्वाधारका ६१ योजना सम्पन्न, ४ पक्की पुल बने
onlinekhabar.com · Mon Aug 24 02:31:03 GMT 2026

८ भदौ, स्याङ्जा । स्याङ्जामा आर्थिक वर्ष २०८२/८३ मा पूर्वाधार विकास कार्यालयले ६ वटा पक्की सडक पुल निर्माण गर्ने लक्ष्य राखेकोमा चारवटा मात्रै निर्माण सम्पन्न गरेको छ । बिरुवा गाउँपालिकामा दुई, गल्याङ नगरपालिकामा एक र फेदीखोला गाउँपालिकामा एक गरी चार वटा पक्की पुल निर्माण सकिएका हुन् ।
पूर्वाधार विकास कार्यालय स्याङ्जाका प्रमुख इन्जिनियर गुरुदत्त अधिकारीका अनुसार बिरुवाको राक्सेघाट पुल चार करोड ९२ लाख ७१ हजार रुपैयाँ र गैरीघाट पुल पाँच करोड ५१ लाख ७५ हजार रुपैयाँ लागतमा निर्माण भएका हुन् ।
Read full story at source (onlinekhabar.com)