नोकिया २.४ सार्वजनिक, छिटै नेपाली बजारमा आउने अपेक्षा
gadgetframe.com · Wed Sep 30 02:41:00 UTC 2020
काठमाडौं । अन्य स्मार्टफोन बनाउने कम्पनिहरुभन्दा नोकिया जहिले पनि ईन्ट्री लेभल र मध्य स्तरको स्मार्टफोन बनाउन अगाडि रहिआएको छ । एक अनलाइन कार्यक्रम मार्फत नोकियाले भर्खरै नोकिया २.४ र नोकिया ३.४ लन्च गरेको छ । केही समय अगाडि मात्र नोकियाले नेपालमा १२ हजार ४ सय ९९ पर्न जाने ३२ जिबिको नोकिया सि ३ सार्वजनिक गरेको थियो ।
नोकिया २.४ लाई अमेरिकामा लन्च गरिएकाे हाे र यसकाे मूल्य अमेरिकी डलर १३९ ताेकिएकाे छ ।
कस्तो छ त नोकिया २.४ ?
यस वर्षको सुरुवाती चरणमा लन्च भएको नोकिया २.३ को अपग्रेडेड भर्सन हो नोकिया २.४ । यसमा ६.५ ईन्चको एचडि डिस्प्ले रहेको छ जसको रिजोलुसन १६०० ७२० पिक्सल रहेको छ । यसको पछाडि भागमा त्रिडि न्यानो टेक्सचरड डिजाइन रहेको छ ।
नोकिया २.४ मा मेडियाटेक हेलियो पि २२ चिपसेट प्रयोग गरिएको छ । यो दुई भर्सन २ जिबि र्याम ३२ जिबिको इन्टरनल स्टोरेज र ३ जिबि र्याम ६४ जिबिको ईन्टरनल स्टोरेज सहित उपल्ब्ध रहेको छ । यसमा मेमोरि कार्डको प्रयोग गरेर ५१२ जिबि सम्म पनि बनाउन सकिन्छ ।
नाेकिया २.४ काे क्यामराको कुरा गर्नुपर्दा यसको पछाडिको भागमा दुईवटा क्यामरा रहेको छ । यि क्यामराहरु १३ मेगापिक्सल र २ मेगापिक्सल रहेका छन् जुमा नाईट मोड, पोट्रेट मोड रहेको छ ।
यसकाे क्यामरा सेन्सरको अन्तिम भागमा यसमा एलइडडि फल्यास र अगाडि भागमा ४ मेगा पिक्सलको सेल्फी क्यामरा रहेको छ ।
नोकिया २.४ मा ४५०० एमएचको ब्याट्रि प्रयोग गरिएको छ । यो ब्याट्रि एकपटक चार्ज गरे दुई टिक्ने कम्पनि दाबी गर्दछ । यसमा ए्न्ड्रोइड १० भर्सन प्रयोग गरिएको छ ।
नाेकिया २.४ काे विशेषताहरु
Display
: 6.5-inch HD+, 20:9 aspect ratio, 1600 x 720 pixels
CPU
: MediaTek Helio P22
RAM
: 2/3GB
Memory
: 32/64GB Internal, Expandable up to 512GB
Rear Camera
: 13MP Primary + 2MP Depth
Front Camera
: 5MP
Battery
: 4500mAh, AI-assisted Adaptive battery
OS
: Android 10
Colors
: Dusk, Fjord, Charcoal
Price in Nepal
: TBA
नेपाली बजार मूल्य
नाेकिया २.४ काे युएस बजार मूल्य १३९ डलर रहेकाे छ र नेपालमा यसकाे बजार मूल्य करिब १७ हजार ९ सय ९९ हुने अपेक्षाा गरिएकेा छ । याे माेडल छिटै नै नेपाली बजारमा उपल्ब्ध हुने बताइएकाे छ ।
Read full story at source (gadgetframe.com)