छिर्कनेमा पहिरो हटाइएपछि पृथ्वीराजमार्ग एकतर्फी सञ्चालनमा
gorkhapatraonline.com · Mon Aug 24 02:44:20 GMT 2026

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ छिर्कनेस्थित सडकखण्डमा खसेको पहिरो पन्छाएपछि सडक एकतर्फी सञ्चालनमा ल्याइएको छ। आइतबार साँझ करिब ७ः४५ बजे माथिबाट लेदोसहितको पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको थियो।
जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख प्रहरी उपरीक्षक टेकबहादुर कार्कीका अनुसार पहिरो पन्छाउने काम निरन्तर जारी राखिएपछि सडक एकतर्फी सञ्चालनमा ल्याउन सकिएको हो।
Read full story at source (gorkhapatraonline.com)