जापानिज इन्सेफलाइटिसको जोखिम बढ्दो, सतर्क रहन अनुरोध
nagariknews.nagariknetwork.com · Mon Aug 24 02:34:37 GMT 2026

लामखुट्टेको टोकाइबाट सर्ने जापानिज इन्सेफलाइटिस(जेइ) रोगको सङ्क्रमण तथा मृत्यु हुनेको सङ्ख्या बढिरहेकाले यसको जोखिमप्रति सतर्क र सुरक्षित रहन परिवार कल्याण महाशाखाले सबैमा अनुरोध गरेको छ। स्वास्थ्य सेवा विभागअन्तर्गतको परिवार कल्याण महाशाखाको पछिल्लो प्रतिवेदनअनुसार देशका २५ जिल्लाका ५९ स्थानीय तहमा ८० जना प्रयोगशालामा पुष्टि भएका जापानिज इन्सेफलाइटिसका बिरामी देखिएका छन्।
आइतबार एक विज्ञप्ति जारी गर्दै महाशाखाले पुष्टि भएका बिरामीमध्ये ८६ प्रतिशतले जापानिज इन्सेफलाइटिस रोगविरुद्धको ‘जेइ खोप’ नलगाएका जनाएको छ। यसैगरी, हालसम्म सङ्क्रमितमध्ये २१ जनाको मृत्यु भइसकेको छ। मृतक सबैले जेइ खोप नलगाएका पाइएको छ।
Read full story at source (nagariknews.nagariknetwork.com)