साविक विजेता बार्सिलोनाको लालिगामा सानदार सुरुवात, एल्चेविरुद्ध ५ गोल
himalpress.com · Mon Aug 24 02:50:41 GMT 2026
काठमाडौँ- साविक विजेता बार्सिलोनाले एल्चेलाई ५–० को फराकिलो अन्तरले पराजित गर्दै शानदार सुरुआत गरेको छ। नयाँ कप्तान राफिन्हाले सिजनको पहिलो गोल गरे। खेलको १५ औँ मिनेटमा आफैँले जितेको पेनाल्टीलाई गोलमा परिणत गर्दै उनले बार्सिलोनालाई सुरुआती अग्रता दिलाएका थिए।
पहिलो हाफको अन्त्यतिर टोलीका नयाँ खेलाडी करिम एडेयेमीले बार्सिलोनाका लागि आफ्नो ला लिगा डेब्यूमै पहिलो गोल गर्दै अग्रता २–० बनाए। दोस्रो हाफमा बार्सिलोनाले आक्रमणलाई अझ आक्रामक बनायो। राफिन्हाले आफ्नो व्यक्तिगत दोस्रो गोल गरे भने युवा मिडफिल्डर फर्मीन लोपेजले मात्र १० मिनेटको अन्तरमा लगातार दुई गोल गर्दै जित निश्चित गरे। अर्का नयाँ खेलाडी एन्थोनी गोर्डनले पनि दोस्रो हाफमा मैदान प्रवेश गर्दै दुई उत्कृष्ट असिस्ट प्रदान गरे।
Read full story at source (himalpress.com)