अविरल वर्षाका कारण देशका मुख्य राजमार्ग प्रभावित, यी हुन् पूर्ण रूपमा अवरुद्ध
nepalviews.com · Mon Aug 24 02:53:51 GMT 2026

काठमाडौं । लगातार परेको अविरल वर्षा, बाढी र पहिरोका कारण देशका विभिन्न प्रदेशमा मुख्य राजमार्ग तथा सडक खण्डहरू नराम्ररी प्रभावित भएका छन्। नेपाल प्रहरीको पछिल्लो विवरण अनुसार कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका विभिन्न स्थानमा सडकहरू पूर्ण तथा आंशिक रूपमा अवरुद्ध बनेका हुन्।
कोशी प्रदेश अन्तर्गत भोजपुरको बोखिमस्थित मध्यपहाडी लोकमार्गमा बाढीका कारण सडक हाल एकतर्फी रूपमा मात्र सञ्चालनमा छ। त्यस्तै, इलामको राजदुवाली क्षेत्रमा पहिरो जाँदा झापा–ताप्लेजुङ जोड्ने मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ, यद्यपि दुवै स्थानमा वैकल्पिक मार्ग प्रयोग गर्न सकिने प्रहरीले जनाएको छ।
Read full story at source (nepalviews.com)