अस्पतालको एनआइसीयू कक्षमा आगलागी हुँदा ३ नवजात शिशुको मृत्यु
annapurnapost.com · Mon Aug 24 02:50:03 GMT 2026

अमरावती : भारतको महाराष्ट्रस्थित अमरावती जिल्ला महिला अस्पतालको नवजात शिशु अतिदक्षता कक्ष ( एनआइसीयू) मा सोमबार बिहान भीषण आगलागी हुँदा तीन जना नवजात शिशुको जलेर मृत्यु भएको छ। आगलागीमा परी अन्य छ जना शिशु घाइते भएका छन्।
अस्पताल प्रशासनका अनुसार सोमबार बिहान करिब ३:३० बजे तेस्रो तलामा रहेको एनआइसीयू कक्षको भेन्टिलेटर अचानक पड्किएपछि आगलागी सुरु भएको थियो। घटनाको समयमा तेस्रो तलामा रहेका तीनवटा कोठामा गरी कुल ३९ जना नवजात शिशुहरू उपचाररत थिए, जसमध्ये एनआइसीयूमा १२ जना शिशु रहेका थिए।
Read full story at source (annapurnapost.com)