वर्षाको भरमा धान खेति, किसानलाई सास्ती, १३ प्रतिशत खेतमा रोपाई बाँकी
news24nepal.tv · Mon Aug 24 02:52:00 GMT 2026

महोत्तरी । भदौ लागिसक्दा समेत महोत्तरीमा धान रोपाइँ सम्पन्न हुन सकेको छैन । जिल्लामा धान खेती हुने कुल क्षेत्रफलको ८६ दशमलव ८ प्रतिशतमा रोपाइँ सकिए पनि अझै १३ दशमलव २ प्रतिशत क्षेत्रफलमा रोपाइँ हुन बाँकी नै छ । पर्याप्त वर्षा नहुँदा रोपाइँमा ढिलाइ हुनुका साथै उत्पादनमा समेत असर पर्ने किसानको चिन्ता छ ।
महोत्तरीमा सिँचाइको भरपर्दो व्यवस्था नहुँदा वर्षातको पानीमै किसानले धान रोपाइ गर्छन् । यसवर्ष भदौ लाग्दासमेत धान रोपाइ सकिएको छैन । समयमै पर्याप्त वर्षा नहुँदा किसानलाई बाँकी खेतमा धान रोप्न समस्या भएको छ । खेतमा पानीको अभाव भएपछि कतिपय किसान आफ्नै खर्चमा दमकल तथा मोटरको प्रयोग गरी पानी पटाएर धान रोप्न बाध्य भएका छन् ।
Read full story at source (news24nepal.tv)