३ वर्षमा निर्माण हुनुपर्ने दामाचौर-रामपुर जोड्ने पुल १५ वर्षमा बन्यो
onlinekhabar.com · Mon Aug 24 02:57:05 GMT 2026

८ भदौ, स्याङ्जा । गण्डकी र लुम्बिनी दुई प्रदेशका स्याङ्जाको चापाकोट नगरपालिका–८ दामाचौर र पाल्पाको रामपुर नगरपालिका–६ जोड्ने कालीगण्डकी नदीमाथिको मोटरेबल ट्रस पुल निर्माण सम्पन्न भएको छ । तीन वर्षभित्र सक्ने लक्ष्यका साथ सुरु गरिएको आयोजना विभिन्न प्राविधिक समस्याका कारण १५ वर्षपछि पूरा भएको हो ।
सडक डिभिजन कार्यालय पाल्पाका अनुसार २०६८ असार २६ गते एमएस इलाइट एसबिए जेभी, कपन काठमाडौंसँग १५ करोड ६८ लाख १३ हजार २६६ रुपैयाँमा पुल निर्माणको सम्झौता भएको थियो । तीन स्पानमा निर्माण गरिएको पुल १८१.६९ मिटर लामो र ११ मिटर चौडा रहेको छ ।
Read full story at source (onlinekhabar.com)