राप्रपाका सांसद ‘फ्लोर क्रस’ गरे मात्र बागमतीका मुख्यमन्त्रीको पद सुनिश्चित रहने
himalpress.com · Mon Aug 24 03:12:11 GMT 2026

बागमती- बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज विश्वासको मत लिँदैछन्। प्रदेशसभाको बैठक आज दिउँसो १ः०० बजे बस्दैछ । बैठकमा मुख्यमन्त्री थापाले विश्वासको मतको प्रस्ताव पेस गर्ने सम्भावित कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ।
नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीको समर्थनसहित दाबी पेस गरेका थापालाई यही भदौ ४ गते बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले मुख्यमन्त्रीमा नियुक्त गरेका थिए। मुख्यमन्त्रीमा गरिएको समर्थनप्रति राष्ट्रिय प्रजातन्त्र पार्टीमा विवाद छ भने नेपाली कांग्रेसले विश्वासको मतको प्रस्तावका विपक्षमा मतदान गर्न पार्टीका प्रदेशसभा सदस्यहरूलाई ह्विप जारी गरेको छ।
Read full story at source (himalpress.com)