गिनीमा फोहोरको थुप्रो भासिँदा ३० को मृत्यु, ६ जना गम्भीर घाइते
annapurnapost.com · Mon Aug 24 03:43:02 GMT 2026

कोनाक्री: अफ्रिकी देश गिनीको राजधानी कोनाक्रीस्थित ‘दार एस सलाम’ मा रहेको सहरकै सबैभन्दा ठूलो फोहोरको थुप्रो (ल्यान्डफिल) भासिँदा कम्तीमा ३० जनाको मृत्यु भएको छ। अधिकारीहरूका अनुसार घटनामा ६ जना गम्भीर घाइते भएका छन् भने कैयौँ घर तथा सवारी साधनहरू पुरिएका छन्।
आइतबार राति २ बजेदेखि परेको अविरल वर्षाका कारण ल्यान्डफिलमा फोहोरको दबाब बढेपछि थुप्रो अचानक भासिँदा नजिकै रहेका बस्ती र टहराहरू पुरिएका हुन्।
Read full story at source (annapurnapost.com)