लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग
gorkhapatraonline.com · Mon Aug 24 03:54:26 GMT 2026

२०७२ साल भदौ ७ गते टीकापुरमा भएको हिंसात्मक घटना, भदौ ८ गते भएको आगजनी र त्यसयता चलेका मुद्दाका श्रृङ्खलाबाट पाठ सिक्दै अब टीकापुरको समृद्धिका लागि काम गर्नुपर्ने जनप्रतिनिधिले बताएका छन्। थारू कल्याणकारिणी सभा क्षेत्र नम्बर १ कैलालीको आयोजनामा टीकापुरमा भएको कार्यक्रममा बोल्दै जनप्रतिनिधिले यस्तो धारणा व्यक्त गरेका हुन्।
सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री खुसीराम डगौरा थारूले टीकापुर घटनाको स्मरण गर्दै निर्दोष सुरक्षाकर्मीको सहादत र संविधानमा पहिचानको अधिकार माग्ने निहत्था थारू समुदायले मुद्दा खेप्नुपरेको दुवै अवस्था गलत भएको बताउनुभयो। उहाँले केही अधिकार प्राप्त भए पनि बाँकी अधिकारका लागि आवाज उठाउन नछाड्ने बताउँदै मन्त्रीको हैसियतले सङ्घीयताको संरक्षण र जनपक्षीय कानुन निर्माणमा प्रतिबद्ध रहने बताउनुभयो।
Read full story at source (gorkhapatraonline.com)