स्वास्थ्यमन्त्री मेहताद्वारा ट्रमा सेन्टरको निरीक्षण
gorkhapatraonline.com · Mon Aug 24 03:54:45 GMT 2026

स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले उर्लाबारी–३ स्थित मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरलाई ५५ श-यामा स्तरोन्नति गर्न सङ्घीय सरकारले सहयोग गर्ने बताउनुभएको छ ।
आकस्मिक रूपमा अस्पतालको अनुगमन तथा निरीक्षण गर्न पुगेकी मन्त्री मेहताले आवश्यक जनशक्ति र पूर्वाधार निर्माण गरी ५५ शøयामा सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले पर्याप्त दरबन्दी नभएका अस्पतालमा छात्रवृत्ति करारका डाक्टरलाई पठाउने व्यवस्थामा पनि नीतिगत सुधार गरिएको बताउनुभयो । कुन सरकारले कुन औषधी निःशुल्क वितरण गर्ने हो भन्ने विषयलाई नागरिकले थाहा पाउने गरी सूचना पाटीमा टाँस्न उहाँले आग्रह गर्नुभयो । मन्त्री मेहताले भन्नुभयो, “नागरिक पनि सचेत हुनु पर्छ । सधैँ सबै कुरा सरकारले मात्र गर्न सक्दैन ।”
Read full story at source (gorkhapatraonline.com)