बडीमालिका पूजाका लागि बाजुराबाट सरकारी टोली प्रस्थान
nepallive.com · Mon Aug 24 04:04:52 GMT 2026

बाजुरा– सुदूरपश्चिमको प्रमुख धार्मिक आस्थाको धरोहर धर्तिको भू—स्वर्ग बडीमालिका पूजाको लागी बाजुराबाट सरकारी टोली प्रस्थान गरेको छ। जगत जननी बडीमालिकामा जनैपूर्णिमाको अवसरमा हुने विशेष पूजा तथा धार्मिक अनुष्ठानमा सहभागी हुन जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायव उपरीक्षकको नेतृत्वको टोली त्यसतर्फ प्रस्थान गरेको हो।
सोमबार विहान सदरमुकाम मार्तडीस्थित बडीमालिका मन्दिर परिसरमा नेपाली सेना,नेपाल प्रहरी सशस्त्र प्रहरीको एक टुकुडीको सलामी सहित सरकारी टोलीको विदाई गरिएको हो। बडीमालिका नगरपालिका लगायत स्थानीय पालिकाहरुका आ(आफ्नै पूजा टोली पनि पुजाका लागि गएका छन्। यस अघि डोटी, धनगढी लगायत ठाउँबाट सरकारी टोली बडीमालिका गइसकेका छन्।
Read full story at source (nepallive.com)