बिजनेस समिटमा सहभागी हुन व्यवसायी टोली चीन प्रस्थान
rajdhanidaily.com · Wed Jul 01 14:44:07 GMT 2026

काठमाडौं । चीनको बेइजिङमा आयोजना हुन लागेको ‘नेपाल–चीन बिजनेस एन्ड इनभेष्टमेन्ट समिट २०२६’ मा सहभागी हुन निर्यात व्यवसायी महासंघ (फिन) को प्रतिनिधिमण्डल बुधबार चीन प्रस्थान गरेको छ ।
नेपाली दूतावासको आयोजना तथा चाइना काउन्सिल फर द प्रमोजन अफ इन्टरनेसनल ट्रेडको सहयोगमा १ र २ जुलाई (असार १७ र १८ गते) बेइजिङस्थित सीसीपीआईटी अडिटोरियममा यो समिट आयोजना हुँदैछ । फिनको ९ सदस्यीय टोलीको नेतृत्व अध्यक्ष गोविन्दप्रसाद घिमिरेले गरेका छन् ।
Read full story at source (rajdhanidaily.com)