सप्तरीको चन्द्र नहरलाई महत्वपूर्ण सम्पदाका रूपमा संरक्षण र प्रवर्द्धन गर्ने प्रतिबद्धता
onlinekhabar.com · Mon Aug 24 04:10:06 GMT 2026

८ भदौ, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले सप्तरीको फत्तेपुरस्थित चन्द्र नहरलाई नेपालको जलसिँचाइ इतिहासको महत्वपूर्ण सम्पदाका रूपमा संरक्षण र प्रवर्द्धन गर्ने प्रतिबद्धता जनाएका छन् ।
उनले कृषि उत्पादन बढाउने सिँचाइ पूर्वाधारको रुपमा विकास गर्ने पनि बताएका छन् । मधेश प्रदेशका ऊर्जा तथा सिँचाइ प्रणालीहरूको निरीक्षणका क्रममा फत्तेपुर पुगेका मन्त्री श्रेष्ठले स्थानीय जनप्रतिनिधि, सिँचाइ उपभोक्ता तथा सरोकारवालासँगको छलफलमा यस्तो बताएका हुन् ।
Read full story at source (onlinekhabar.com)