कसले सार्वजनिक गर्योे ३ वर्षीया बालिकाको बलात्कार र हत्या गर्ने किशोरको भिडियो ?
barnanmedia.com · Mon Aug 24 04:30:35 GMT 2026

अपराधका घटनामा पीडितसँगै अभियोग लागेका व्यक्तिको गोपनीयताको विषय मुलुकी अपराध संहितामा उल्लेख छ । तर, बारामा बलात्कारपछि हत्या गरिएकी ३ वर्षीया बालिकाको हत्या र बलात्कारमा संलग्न भएका भनिएकामध्ये एक किशोरको भिडियो सामाजिक सञ्जालमा भाइरल छ ।
अपराधी मनोवृत्तिलाई बढवा हुनेगरी सोधिएका प्रश्न पनि जस्ताको त्यस्तै सामाजिक सञ्जालमा छ्याप्छ्याप्ती छन् । हातमा हतकडी लगाइएका ती किशोरको अघिपछि दुई प्रहरी पनि देखिएका छन् । प्रहरीकै रोहबरमा भिडियो सार्वजनिक भएको विषयले प्रहरीको अनुसन्धान प्रोटोकलमा पनि प्रश्न उठाएको छ ।
Read full story at source (barnanmedia.com)