गुल्मीमा भिरबाट लडेर एक पुरुषको मृत्यु
gorkhapatraonline.com · Mon Aug 24 04:51:56 GMT 2026

गुल्मीमा भिरबाट लडेर एक पुरुषको मृत्यु भएको छ। यस जिल्लाको कालीगण्डकी गाउँपालिका वडा नम्बर–४ जोखुमस्थित भाङखर्कका अन्दाजी ६५ वर्षीय फटिक बहादुर पुनको भिरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक (डिएसपी) वीरेन्द्रवीर विश्वकर्माका अनुसार सोमबार बिहान करिब ७ः३० बजेको समयमा जोखुमबाट भाङखर्क जाने ठाडो पैदल गोरेटो बाटोबाट खसेर मृत्यु भएको हो।
Read full story at source (gorkhapatraonline.com)